डुम्री र यसका फाइदा

सम्पूर्ण यौनरोग आयुर्वेदिक औषधी “डुम्रि”, जसका यस्ता असंख्य फाइदाहरु छन् !

Kingdom Plantae

Family: Moraceae

Scientific name: Ficus racemosa

Higher classification Fig

Order Rosales

Genus Ficus

Rank Species

आयुर्वेदमा दुम्रीलाई धेरै अगाडि देखि चिकित्सीय रुपमा प्रयोग गरिदैं आईरहेको छ । डुम्रीको कच्चा फलमा जलनलाई हटाउन सक्ने औषधिय गुण हुन्छ । पाकेको डुम्री आरामदायक, मीठो , शीतल , कब्जीयत मेटाउने र पोषणयुक्त हुन्छ ।

डुम्री

यसको जरामा रक्तस्राव रोक्ने तथा जलनलाई शान्त पार्ने औषधिय गुण हुन्छ ।डुम्रीको कच्चा फललाई तरकारी बनाएर र पाकेको फललाई सिधै खाने गरिन्छ । यसको बोक्रालाई धुलो बनाई वा अन्य प्रकारले प्रयोग गरिन्छ । फल स्वादमा मीठो हुन्छ । डुम्री भित्र प्वाँख भएको किरा पाईन्छ । त्यसैले यसलाई जन्तुफल पनि भनिन्छ । यसको बोक्रा खैरो रंगको हुन्छ । यो फाईकस जातिको रुख हो । र यस्को पात निकाल्दा लेटेक्स वा दुध निस्किन्छ ।डुम्रीको फल खान योग्य छ । तर यस्मा किरा हुने भएकोले राम्ररी सफा गरि मात्र प्रयोग गर्नुहोस् । डुम्रीमा शीतल , खस्रो , भारी , घाउलाई ठिक पार्ने , रंगलाई सुधार गर्ने , पित्त–कफ र रक्त विकारलाई हटाउने आदि गुण हुन्छ । यो पाचनशक्तियुक्त र वायुनाशक ( पेटमा हुने गडबडिलाई रोक्ने ) छ । यसले रक्तप्रदर , रक्तपित्त तथा रगत वान्ता गर्ने जस्ता रोगहरुबाट छुट्कारा दिलाउँछ । यसको दुधले शरीरलाई शक्ति प्रदान गर्दछ । डुम्री को प्रयोगले हुने फाईदाहरु निम्नअनुसार छन् । डुम्रीका अत्यधिक महत्वपूर्ण फाईदाहरु जान्नको लागि Next स्लाइडर थिच्नुहोला:– २–३ वटा डुम्रीको फल पानीमा उमालेर यसबाट मुख कुल्ला गर्नाले हाम्रो दाँत र गिजा दुबै स्वस्थ र बलियो हुन्छ ।– डुम्रीको फललाई सुकाएर त्यसलाई पिसेर धुलो बनाउनुहोस् । र चीनीसँग मिसाएर बिहान र बेलुका खानाले हाम्रो रक्तप्रदर समस्याको समाधान हुन्छ ।– डुम्रीको सुख्खा फललाई पिसेर छानेर त्यसमा चिनी मिसाएर प्रतिदिन खानाले पाइल्स र रक्तस्राव रोगबाट छुट्कारा पाउन सकिन्छ ।– गर्मीको मौसममा डुम्रीको पाकेको फललाई जुस बनाएर पिउनाले मन प्रसन्न हुन्छ । शरीरमा शक्तिको बृद्धि हुन्छ । र धेरै प्रकारको रोगहरु जस्तै: कब्जियत, खोकी र दम आदि रोगहरुबाट छुट्कारा मिल्दछ ।– १ वटा छोकडाको भित्रको बीउ निकालेर त्यसमा २५ थोपा डुम्रीको दुध हालेर हरेक बिहान खानुहोस् । यसले वीर्यमा शुक्राणुलाई बढाउँछ । साथै यसले प्रजननमा शुक्राणुको कमीको दोषलाई पनि हटाउन मद्धत गर्दछ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

2 × 2 =

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Scroll to Top